१७ आश्विन २०८१, बिहिबार | October 3, 2024

तीजको दर खाने यस्तो पो तरिका


September 16, 2023
166
Shares

काठमाडौं, ३० भाद्र । भुईमा लहरै बसेका महिला र पुरुष । सात्विक भोजन अगाडि देखिन्छ । सामुन्ने सरस्वतीको तस्बिर । तीजको दर यसरी खाए प्राज्ञिक विद्यार्थी परिषद् नेपाल कास्की इकाईका कार्यकर्ताले ।

कुनैपनि राजनीतिक दलसँग आवद्ध नभएको स्वतन्त्र संगठनका रुपमा प्राज्ञिक देशमा शिक्षा राष्ट्रका लागि हुनुपर्छ र विद्यार्थी राष्ट्रको हितका लागि तयार गरिनुपर्छ भन्ने मान्यताका साथ बढेको छ ।

प्राज्ञिकले विना तडकभडक सामान्य र अनुशासित तरिकाले कार्यक्रम संचालन गर्छ । देशभर तालिमहरु दिन्छ । यसकारण प्राज्ञिकबाट तालिम लिन आतुर हुनेगरेका छन् देशभरका शैक्षिक संस्थाहरु ।
प्राज्ञिकले देशभर व्यक्ति निर्माण र नेतृत्व विकास तालिम संचालन गर्दै आएको छ । यसकारण पनि प्राज्ञिकमा आकर्षण बढ्दै गएको छ ।

प्रतिक्रिया