४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

प्रचण्डले अमेरिकामा के के गर्लान् ?


September 16, 2023
0
Shares

काठमाडौं, ३० भाद्र । पुष्पकमल दाहाल प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री भएपछि दोस्रो विदेश भ्रमणका रुपमा अमेरिका जाँदैछन् । उनी संयुक्तराष्ट्रसंघको ७८औं महासभामा भाग लिन न्यूयोर्क प्रस्थान गरेका हुन् ।

न्यूयोर्कमा ४ असोजमा यूएन महासभालाई प्रचण्डले सम्बोधन गर्न कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले यूएन महासचिव एन्टोनियो गुटरेससँग भेटवार्ता समेत गर्ने तय छ ।

प्रचण्डको अमेरिकी राष्ट्रपति जो वाइडेनसँग हुने साइडलाइन वार्तामा समेत चासो छ । दक्षिण एशियाका विभिन्न देशका सरकार प्रमुखका अलावा अन्य देशका नेतासँग पनि प्रचण्डले भेटवार्ता गर्ने बुझिएको छ ।

प्रतिक्रिया