२३ भाद्र २०८१, आइतबार | September 8, 2024

एमाले महासचिवले चीनमा चुच्चे नक्शाको कुरा उठाउँदा के जवाफ आयो


September 11, 2023
0
Shares

काठमाडौं, २५ भाद्र । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बेइजिङमा चुच्चे नक्शामा चीनको साथ मागेका छन् । सोमबार चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियनचाओसँगको भेटमा उनले चुच्चे नक्शामा चीनको साथ मागेका हुन् ।

पोखरेलले सुगौली सन्धीले निर्धारण गरे अनुसार नेपालको नक्शा संसदबाट पारित गरी औपचारिक रुपमा जारी गर्दा दबाब र अप्ठ्याराहरु सामना गर्नुपरेको भन्दै चीनको साथ मागेका हुन् । तर, चिनियाँ नेता जियनचाओले यसबारे के जवाफ दिए भन्ने प्रष्ट भएको छैन ।

बेइजिङमा भ्रमण टोलीमा रहेका एमालेनिकट पत्रकार राजेश राईले पोखरेलले चुच्चे नक्शाको कुरा उठाएको भनेपनि चिनियाँ नेताको जवाफ प्रष्ट पारेका छैनन् । बरु चीनले राष्ट्रपति सी चिनफिङको भ्रमणमा भएका सहमतिहरु र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा भएका सहमतिको कार्यान्वयनमा जोड दिएको उल्लेख गरेका छन् ।

चीनले नेपालमा बेल्ट एण्ड रोड इनिशिएटिभ (बीआरआई) कार्यान्वयनमा दबाब दिदै आएको छ । नेपालले भने बीआरआई ऋण नलिने अनुदान मात्र लिने अडान लिएको छ ।

प्रतिक्रिया