२३ भाद्र २०८१, आइतबार | September 8, 2024

हिन्दु भएकोमा गर्व गर्ने बेलायती प्रधानमन्त्री ऋषि सुनक पुगे दिल्लीको मन्दिर


September 10, 2023
0
Shares

एजेन्सी, २४ भाद्र । आफू हिन्दु भएकोमा गर्व गर्ने बेलायती प्रधानमन्त्री ऋषि सुनक भारत भ्रमणका दौरान आइतबार विहानै मन्दिर पुगेका छन् । उनी दिल्लीस्थित अक्षरधाम मन्दिर पुगेका हुन् ।

सुनकका साथमा उनकी धर्मपत्नी अक्षता मूर्ती पनि मन्दिर पुगेर दर्शन गरिन् । सुनक पुग्नु अगावै अक्षरधाममा कडा सुरक्षा व्यवस्था गरिएको थियो ।

भारतीय सञ्चारमाध्यमले सुनक मन्दिर गएको खबरलाई प्राथमिकता दिएका छन् । भारतीय मूलका बेलायती नागरिक सुनक त्यहाँको प्रधानमन्त्री बन्ने पहिलो गैर इशाई हुन् । उनी हिन्दू धर्ममा ठूलो आस्था राख्छन् र मन्दिर गइरहन्छन् ।

ऋषि सुनक जी ट्वेन्टी सम्मेलनमा सहभागी हुन भारत पुगेका हुन् । उनी प्रधानमन्त्री भएपछि पहिलोपटक भारत पुगेका हुन् । उनको पुर्खा भारतका हुन् । पछिमात्र बेलायतमा बसाईं सरेका थिए ।-Photo Source: ANI

प्रतिक्रिया