५ आश्विन २०८१, शनिबार | September 21, 2024

प्राज्ञिक विद्यार्थी परिषद्को देशव्यापी शिक्षा कार्यशालामा बढ्यो चासो


September 4, 2023
0
Shares

चितवन, १८ भाद्र । देशको शिक्षानीति कस्तो हुनुपर्छ भन्नेबारे प्राज्ञिक विद्यार्थी परिषद् नेपालले देशव्यापी विमर्श गरिरहेको छ । यसमा आम चासो बढेको छ । सोमवार परिषद्को बाग्मती प्रदेशद्वारा भरतपुरमा शिक्षा कार्यशाला सम्पन्न भएको छ ।

कार्शालाको उद्घाटन कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुण्य प्रसाद रेग्मीले गरेका थिए । कार्यशालामा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले समग्र नेपालको शिक्षाको अवस्था, चुनौती र समाधान विषयक कार्यपत्र प्रस्तुत गर्नुका साथै वीरेन्द्र बहुमुखी क्याम्पसका प्राचार्य प्रा. दयाराम पौडेल र नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक नवराज पाण्डेयले कार्यपत्रमाथि टिप्पणी गरेका थिए ।

चितवन मेडिकल कलेज कि प्राध्यापक ममता न्यौपानेको संयोजकत्वमा सम्पन्न भएको कार्यशालामा विद्यार्थी परिषद्का राष्ट्रिय अध्यक्ष डा. गोपीनाथ कण्डेल, महासचिव विष्णु प्रसाद पंगेनी, राष्ट्रिय सह संगठन सचिव रमेश कण्डेल, केन्द्रीय सदस्य डा. सुनिल पोख्रेल, प्रदेश सदस्य बद्रि कोइराला,प्रदेश उपाध्यक्ष विपिन कण्डेल लगायतका पदाधिकारीहरूको विशेष उपस्थिति रहेको थियो ।

कार्यशालामा विभिन्न शैक्षिक एवं सामाजिक संस्थाका प्रतिनिधि, प्राध्यापक, शिक्षक, शिक्षाविद् तथा विद्यार्थीहरूसहित करीब १३० भन्दा धेरैको सहभागितामा रहेको थियो ।

प्रतिक्रिया