३१ भाद्र २०८१, सोमबार | September 17, 2024

एमसीसी सम्झौताको ६ वर्षपछि कार्यान्वयनमा गयो


August 30, 2023
0
Shares

काठमाडौं, १३ भाद्र । अमेरिकी विकास परियोजनासम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) आजबाट कार्यान्वयनमा गएको छ । अपरान्ह नेपाल सरकार र एमसीसीबीच कार्यान्वयनमा जाने सम्झौता पत्र आदानप्रदान पछि कार्यान्वयनको औपचारिक घोषणा भएको हो । एमसीसी नेपाल कम्प्याक्टको औपचारिक सुरुवातमा नेपाल र अमेरिकाका अधिकारीहरु सहभागी थिए ।

नेपालका तर्फबाट अर्थमन्त्री डा. प्रकाशशरण महत र अमेरिकाका तर्फबाट एमसीसीका उपाध्यक्ष क्यामरुन एलफोर्डले सम्झौता कार्यान्वयनको घोषणाका लागि सम्झौतापत्र आदानप्रदान गरे ।

एमसीसी कार्यान्वयनमा जानुअघि नै काम बढिसकेको छ । संसदबाट गत वर्ष यसलाई पारित गराउँदा निकै चर्काचर्की परेको थियो । यसको व्याख्यात्मक घोषणा अझै बाँकी छ ।

एमसीसीले नेपालमा विद्युत प्रसारणलाइनसहित रणनीतिक सडकमा बजेट विनियोजन गर्नेछ । जसमा ५० करोड डलर अमेरिकाले र नेपालले १३ करोड लगानी गर्नेछ । सबस्टेसनका लागि ६ करोड ७० लाख डलर गरी कुल ६९ कराड ७० लाख डलर बजेट पाँच वर्षमा रहनेछ ।

एमसीसी पाँच वर्षका लागि भनिएपनि यसमा समय बढ्न सक्ने देखिइसकेको छ । २०७४ मा एमसीसी परियोजना कार्यान्वयनमा सम्झौता भएकोमा २०७८ मा मात्र संसदबाट पारित भएको थियो । २०८५ सालभित्र एमसीसी परियोजना सम्पन्न भइसक्नुपर्नेछ । सम्झौता देखि कार्यान्वयनको घोषणा गर्न ६ वर्ष लागिसकेको छ । यसकारण पनि यो समयमा सम्पन्न हुनेमा आशंका छ ।-Photo Source: US Embassy

प्रतिक्रिया