कोशी सरकारलाई सर्वोच्चको आदेश-दूरगामी असर पर्ने नीतिगत निर्णय नगर्नु

काठमाडौं, ७ भदौ । सर्वोच्च अदालतले कोशी प्रदेश सरकारलाई नीतिगत निर्णय नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले दीर्घकालीन महत्व र दूरगामी असर पर्ने नीतिगत निर्णय नगर्न अन्तरिम आदेश दिएको हो ।
प्रदेश सभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीले पदको दुरुपयोग गरेर दिएको मतका आधारमा मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएको भन्दै सर्वोच्चमा रिट दर्ता भएको थियो ।
साथै १५ भदौमा मुद्दाको पेशी तोक्न आदेश दिदै त्यतिञ्जेलभित्र लिखित जवाफ पेश गर्न समेत आदेश दिएको छ । आगामी १३ भदौभित्र मुख्यमन्त्रीको नियुक्ति, विश्वासको मतलगायतका सबै विवरण झिकाउन आदेश दिएको छ ।