१२ श्रावण २०८१, शनिबार | July 27, 2024

सेयर निश्काशन गर्दै ठूलो खोला हाइड्रोपावर


August 21, 2023
0
Shares

काठमाडौं,४ भदौ । ठूलो खोला हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आईपीओ) निश्कासन गर्ने भएको छ ।

आईपीओ निश्कासनको लागि आइतबार एक समारोहबीच सिटिजन्स क्यापिटल लिमिटेड र ठूलो खोला हाइड्रोपावर लिमिटेडबीच खिचापोखरी, काठमाण्डौमा साधारण सेयर निष्काशन सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतामा ठूलो खोला हाइड्रोपावर लिमिटेडका तर्फबाट संचालक श्वेता अधिकारी पन्त तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले निकट भविष्यमा ठूलो खोला हाइड्रोपावर लिमिटेडको आईपीओ सार्वजनिक निष्काशन गर्नेछ ।

ठूलो खोला हाइड्रोपावर लिमिटेडले निमार्ण गरिरहेको आयोजना “माथिल्लो ठूलाखोला ए जलविद्युत आयोजना” म्याग्दी जिल्लामा अवस्थित रहेको छ र सो योजना २२।५ मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया