२३ भाद्र २०८१, आइतबार | September 8, 2024

आइजीपी कुँवर निरिह बन्दा प्रहरीमा बढ्यो राजनीतिक हस्तक्षेप


August 15, 2023
0
Shares

काठमाडौं, ३० साउन । नेपाल प्रहरीमा आइजीपी बसन्त बहादुर कुँवर निरिह बन्दै गएका छन् ।संगठनको हितमा भन्दा पनि पद जोगाउने काम मात्र उनीबाट हुन थालेको छ ।

प्रहरीमा सरुवा र बढुवामा व्यापक असन्तुष्टि देखिएको छ । सत्ता गठबन्धनको नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसका प्रभावशाली नेताले जे भन्यो त्यही चल्न थालेको छ प्रहरीमा । यसमा उनले कुनै अडान लिन सकेका छैनन् ।

यसअघिका आइजीपीहरुभन्दा कुँवर लो प्रोफाइलमा रहने गरेका छन् । तर, उनी कमाण्ड र अडान लिन नसक्ने आइजीपी भएका छन् ।

प्रहरीमा एआइजीको पाँच महिनामै सरुवा हुन लागेको छ । एआइजी वरियतामा सबैभन्दा माथि रहेका टेकप्रसाद राईको सरुवा हुने खबर पुगेको छ । उनी प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट कार्य विभागमा थन्क्याइँदैछन् ।

उपत्यका प्रहरीको कमाण्ड सम्हालेका श्याम ज्ञवालीलाई प्रतिष्ठान लान थागिएको छ । राई र ज्ञवाली दुवै आइजीपीका प्रतिष्पर्धी थिए ।

एआइजीहरुमा किरण बज्राचार्यको भने सरुवा नहुने भएको छ । उनी नै प्रहरीमा हर्ताकर्ता छिन् । प्रहरीको कमाण्ड नै अघोषित रुपमा उनले सम्हाल्न थालेको चर्चा छ ।

बज्राचार्य सीआइबीमा रहेर प्रधानमन्त्री प्रचण्डको सिधा सम्पर्कमा रहेर काम गर्दै आएकी छिन् । प्रचण्डको आदेश अनुसार नै सीआइबीले ठूला कारबाहीहरु चलाइरहेको छ । बज्राचार्य गृहमन्त्री नारायणकाजीको पनि विश्वासपात्र हुन् ।

प्रहरीका एआइजीमध्ये दिपक थापा प्रशासन हेर्छन् । अपराध अनुसन्धानको जिम्मा टेकबहादुर तामाङलाई छ । मानव स्रोतमा सन्दीप भण्डारी, प्रदेश समन्वयमा सुदिप गिरी, कार्य विभागमा मीरा चौधरी छन् ।

प्रतिक्रिया