३ आश्विन २०८१, बिहिबार | September 19, 2024

माओवादीविरुद्ध मोदी झन् कठोर बन्ने संकेत


August 15, 2023
0
Shares

एजेन्सी, ३० साउन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी त्यहाँका माओवादीविरुद्ध कठोर बन्ने संकेत गरेका छन् । भारतको स्वतन्त्रता दिवसमा माओवादीविरुद्धको कारबाहीमा भाग लिएका सुरक्षाकर्मीलाई पदकको प्राथमिकतामा राखेर यस्तो संकेत गरेका हुन् ।

भारतमा अहिलेसम्म जम्मु काश्मिरमा खटिएका सुरक्षाकर्मी पदकको प्राथमिकतामा पर्दै आएकामा यसपटक बदलाव आएको हो । सशस्त्र माओवादीविरुद्ध कारबाहीमा खटिएका सुरक्षाकर्मीहरु प्राथमितामा परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्वतन्त्रता दिवसमा कुल ९५४ प्रहरी पदक पाउने सूचीमा रहेकोमा नक्सल प्रभावित क्षेत्रको कारबाहीमा खटिएकाहरु बढी संख्यामा छन् । जसमध्ये छत्तीसगढ र आसपासका क्षेत्रमा खटिएकाहरु बढी छन् । उक्त क्षेत्र सशस्त्र माओवादी प्रभावित मानिन्छ ।

भारतमा जम्मु काश्मिरको सुरक्षामा सुधार भएको विश्लेषणहरु भइरहेका छन् । तर, भारत सरकारले पछिल्लो समय उग्रवामपन्थी चुनौतीको सामना गरिरहेको छ । उसले माओवादी सशस्त्र गतिविधिप्रति कठोर नीति लिदै आएको छ ।

प्रतिक्रिया