सय किलो भनिएको तस्करीको सुनको तौल ६० किलो ७८९ ग्राम

काठमाडौं, २९ साउन । एक सय केजी भनिएको सुनको तौल ६० किलो ७८९ ग्राम निस्किएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले सुन गालेर जोख्दा उक्त तौल निस्किएको हो ।
२ साउनमा हङकङबाट ल्याइएको तस्करीको सुन भन्सार काटेर ३ साउनमा लाँदै गर्दा सिनामंगलमा बरामद गरिएको थियो । यो प्रकरणले देशमो राजनीतिलाई समेत तरंगित पारेको छ ।
सुन तस्करीमा विदेशी र नेपाली नागरिक पक्राउ परिरहेका छन् ।