५ आश्विन २०८१, शनिबार | September 22, 2024

सुन तस्करीमा आफ्नो सम्लग्नता भए प्रमाणित गर्न अर्थमन्त्रीको चुनौती


August 13, 2023
166
Shares

काठमाडौं, २८ साउन । अर्थमन्त्री डा.प्रकाशशरण महतले सुन तस्करीमा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेका छन् ।

कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकमा आफू संम्लग्न रहेका प्रमाण ल्याउन चुनौती दिँदै प्रमाणित भए महतले आफू एकछिन पनि पदमा नबस्ने बताए । “यदि यो विषयमा मेरो संलग्नता छ भन्ने कुनै पनि साथीलाई लाग्छ भने प्रमाणित गर्नुस् । म यहाँ बस्दिनँ ।”–उनले भने

 

मन्त्री डा.महतले पार्टीकै सांसदले आफूलाई लाञ्छित गरेको भन्दै यस्ता कुरामा प्रतिक्रिया दिंदै जाने हो भने धेरैका बारेमा धेरै कुरा आफूले पनि भन्न सक्ने ठोकुवा गरे ।
यदि पार्टीभित्रकै कसैलाई प्रश्न भए पार्टीमा राख्नुपर्नेमा उनले जोड दिनुपर्ने बताउँदै भने,“पार्टीमा अनुशासन छैन ? त्यसको आधार हुनुपर्दैन ?”
सांसद सुनिल शर्माको पक्राउबारे आफुलाई केही जानकारी नभएको सम्म पनि भन्न भ्याए।

प्रतिक्रिया