२ माघ २०८१, बुधबार | January 15, 2025

कस्ले जित्ला महिला विश्वकप फुटबल ?


August 13, 2023
0
Shares

एजेन्सी, २८ साउन । यपटकको महिला विश्वकप फुटबल रोचक मोडमा पुगेको छ । महिला फुटबलको महाशक्ति अमेरिका क्वाटरफाइलनमा स्वीडेनसँग पराजित भयो ।
विश्वकपको दाबेदार मानिएका जापान, फ्रान्स, जर्मनी जस्ता देशहरु पनि सेमिफाइनलमा पुग्न सकेनन् । जर्मनी त समूह चरणबाटै बाहिरियो ।

कोलम्बिया, मोरक्को, नाइजेरिया जस्ता देशहरुले इतिहास बनाउन सके । उनीहरुको प्रदर्शन राम्रो रह्यो । तर, सेमिफाइनलमा स्वीडेन, बेलायत, स्पेन र अष्ट्रेलिया प्रवेश गर्न सके ।

एशियाबाट जापानमात्र समूह चरणबाट माथि पुग्न सक्यो । अफ्रिकाबाट नाइजेरिया र मोरक्कोले समूह चरण पार गरे ।

दक्षिण अमेरिकाबाट कोलम्बियाले मात्र समूह चरणभन्दा माथि स्थान बनाउन सक्यो । आयोजक न्युजिल्याण्ड पनि समूह चरणबाटै आउट भयो ।

अहिलेसम्मको खेल हेर्दा स्वीडेन सशक्त टोली देखिएको छ । उसले अमेरिका र जापानलाई हराएर सेमिफाइनलको यात्रा तय गरेको छ । स्वीडेनलाई भाग्यले पनि साथ दिएको छ ।

अष्ट्रेलिया पनि बलियो फुटबल शक्ति देखिएको छ । उसको आक्रामक फुटबल शैली देखिन्छ । बेलायत पनि सशक्त टोली बनेको छ । स्पेनलाई भाग्यले साथ दिएको छ ।

सेमिफाइनलमा बेलायत र अष्ट्रेलिया भिड्नेछन् । स्पेन र स्वीडेन पनि भिड्नेछन् । तीनवटा यूरोपका टोली र एउटा एशिया प्यासिफिकको आयोजक टोली सेमिफाइनलमा छन् । यसलाई केलाउँदा महिला फुटबलमा यूरोपकै दबदबा देखिएको छ ।

प्रतिक्रिया