२८ पुस २०८२, सोमबार | January 12, 2026

आज गण्डकीसहित यी प्रदेशमा अत्यधिक वर्षा हुने


August 12, 2023
0
Shares

काठमाडौं, २७ साउन । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेको छ। यसका साथै भारतको विहारको उत्तर पश्चिम भू–भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ। आगामी केही दिनसम्म मनसुनको न्यून चापीय रेखा अझै नेपाल नजिक सर्ने सम्भावना जल तथा मौसम विज्ञान विभाग महाशाखाले जनाएको छ ।

यसको प्रभावले शनिबार राती देशभर सामान्य देखि पूर्णतया बदली रहि देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुनुको साथै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षा तथा एक–दुई स्थानहरूमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

आइतबार (भोलि) देशभर पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुनुको साथै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा साथै मधेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।

त्यस्तै,सोमबार (साउन २९ गते) देशभर सामान्य देखि पूर्णतया बदली रहि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुनुका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया