२२ भाद्र २०८१, शनिबार | September 8, 2024

प्राज्ञिक विद्यार्थी परिषद् नेपालद्वारा पोखरा क्याम्पसमा दुई दिवसीय व्यक्तित्व विकास प्रशिक्षण


0
Shares

पोखरा, १९ साउन । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले पोखरा क्याम्पसमा दुई दिवसीय व्यक्तित्व तथा नेतृत्व विकास तालिम सुरु गरेको छ । शुक्रवार सुरु भएको प्रशिक्षणमा छात्रछात्राले जीवनपयोगी शिक्षा, असर संस्कार, आत्मजागरण, सृजनात्मक सोचाई, निर्णय क्षमता, अन्तरव्यक्तिगत सम्बन्धका बारेमा जानकारी लिइरहेका छन् ।

प्रशिक्षणमा प्राज्ञिक विद्यार्थी परिषद्का राष्ट्रिय सहसंगठन सचिव रमेश कँडेलको विशेष उपस्थिति रहेको छ ।

प्राज्ञिकले देशव्यापी व्यक्तित्व तथा नेतृत्व विकास तालिम चलाइरहेको छ । कुनैपनि राजनीतिक दलसँग आवद्ध नरहेको प्राज्ञिक स्वतन्त्र संगठन हो जस्ले राष्ट्र प्रथमको संकल्प बोकेको छ ।

प्रतिक्रिया