३१ भाद्र २०८१, सोमबार | September 17, 2024

अमेरिका पढ्न गएकी छात्रा सडकमा भोकभोकै अवस्थामा फेला


0
Shares

एजेन्सी,११ साउन । अमेरिकामा एमएस पढ्न गएकी भारतीय छात्रा निकै नाजुक अवस्थामा भेटिएकी छन् । छात्रा तेलंगानाकी रहेको बताइएको छ । उनकी आमाले विदेशमन्त्री एस जयशंकरलाई पत्र लेखेर उनलाई घर फर्काउन मद्दत मागेकी छिन्।

बीआरएस नेता खलिकुर रहमानको ट्विटर ह्यान्डलमा पोस्ट गरिएको पत्रमा, महिलाले आफ्नी छोरी सैयदा लुलु मिन्हाज जैदी अगस्त २०२१ मा शिकागोको डेट्रोइटको ट्राइन विश्वविद्यालयबाट सूचना विज्ञानमा मास्टर डिग्री (एमएस) गर्न गएकी थिइन्।

आमाले चिठ्ठीमा भनिन्, ‘पछिल्लो दुई महिनादेखि मेरी छोरी मसँग सम्पर्कमा छैन, भर्खरै हामीले दुई जना हैदरावादी युवाहरूमार्फत थाहा पायौं मेरी छोरी गहिरो डिप्रेसनमा छिन् र उनको सबै सामान चोरी भएको छ । भोकमरीको कगारमा परेको छ ।अमेरिकाको शिकागोको सडकमा भोकले पिडित देखेको युवाहरुले बताएका छन् ।

रहमानले आफ्नो ट्विटर ह्यान्डलमा एक अपडेटमा भने कि उनी शिकागोका सामाजिक कार्यकर्ता मुकर्रम नामक व्यक्तिसँग सम्पर्कमा रहन खोजिरहेका छन्। उनले र उनको परिवारले जैदीलाई भेटेका थिए र उनी हाल अस्पतालमा उपचाररत छन्। उनले थपे, ‘अमेरिकामा जागिर नपाएको र कमजोर आर्थिक अवस्थाका कारण उनी डिप्रेसनमा थिइन् र मानसिक रूपमा अस्थिर भएको बताइन् ।’ रहमानले मुकर्रमलाई उद्धृत गर्दै भने, ‘डिप्रेशनबाट बाहिर निस्कनु आवश्यक छ ।

बीआरएस नेताले जैदीकी आमालाई अमेरिकाको भ्रमणमा पठाउन विदेशमन्त्रीलाई अनुरोध गर्ने बताए।

प्रतिक्रिया