बाग्मती कांग्रेसको शिक्षा विभागको सदस्य सचिबमा पौडेल मनोनित
काठमाडौं, ३ साउन । नेपाली कांग्रेस बाग्मती प्रदेशले शिक्षा,बिज्ञान तथा प्रबिधि विभागको सदस्य सचिब पदमा कश्यप पौडेललाई मनोनयन गरेको छ ।
बागमती प्रदेश कांग्रेस सभापति इन्द्रबहादुर बानियाँले सदस्य सचिबमा कश्यप पौडेललाई मनोनित गरेका हुन् ।
पौडेलसँग मण्डन देउपुर नगरपालिकाका नगर सभापति एवं शिक्षा क्षेत्रमा लामो अनुभव छ । पौडेल र तरुणदल केन्द्रीय सदस्य कमल तामाङलाई बुधबार सभापति बानियाँले बधाइ तथा शुभकामना दिएका हुन् ।