२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

वीरगञ्जको पशुपतिनाथ मन्दिरको मर्मत सम्भार पछि पूजापाठ प्रारम्भ


0
Shares

वीरगञ्ज, १ साउन । वीरगञ्जमा रहेका पशुपतिनाथ मन्दिरको मर्मत पछि पूजापाठ गरिएको छ । सोमवारबाट मन्दिरमा पूजापाठ सुरु भएको हो ।

वीरगञ्ज महानगरपालिका स्थित पिपरामा रहेको चिनि मिलसँगै रहेको पशुपतिनाथ मन्दिर २०३९ मा स्थापना भएको हो । मन्दिर जीर्ण भएकाले पूजापाठ भएको थिएन ।

विश्व हिन्दू परिषद् नेपाल र वीरगञ्ज महानगरपालिकाको संयुक्त प्रयासमा मर्मत एवम् सम्भार गरी भब्यरूपमा पुजापाठ प्रारम्भ गरिएको हिन्दू स्वयंसेवक संघ नेपालका जनकपुर सम्भाग प्रचारक लक्ष्मण यादवले जानकारी गराए । अहिले पशुपतिनाथ मन्दिरमा हरेक दिन हजारौं श्रद्धालुहरूको उपस्थिति हुने गरेको र वातावरण उमंगमय तथा भक्तिमय भएको छ ।

श्रद्धालुहरूले मन्दिरको दर्शन गर्न पाउदा ऊनीहरू पनि खुसी भएको र मन्दिर आसपासको क्षेत्रमा व्यापार व्यवसाय पनि राम्रो हुँदै गएको पनि यादवले जानकारी गराए ।

प्रतिक्रिया