१२ श्रावण २०८१, शनिबार | July 27, 2024

महोत्तरीको भंगहादेखि भारतको जयनगरसम्म रेलसेवा सुरु


0
Shares

काठमाडौं, ३१ असार । महोत्तरीको भंगहा देखि विहारको जयनगरसम्म रेलसेवा सुरु भएको छ । आइतवार नेपालका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले रेलसेवा शुभारम्भ गरेका हुन् ।

धनुषा जिल्लाको कुर्था देखि जयनगरसम्म ३५ किलोमिटर रेल सेवा संचालन हुँदै आएकोमा अब १७ किलोमिटर सेवा विस्तार भएको हो । अब ५२ किलोमिटर भंगहा जयनगर र जयनगर भंगहा यात्रुवाहक रेल गुड्नेछ ।

ब्रोडगेज दुई सेट रेल २०२२ बाट सञ्चालनमा आएको हो । रेल सेवा आउने जाने गरी दिनको चारपटक सञ्चालनमा रहेको छ ।

भंगाहा स्टेशनबाट रेल दुईपटक जयनगरसम्म आउने जाने गर्ने रेल विभागले जनाएको छ । कुर्थाबाट आउने जाने गरी ६ पटक सञ्चालनमा रहने जनाइएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया