२४ पुस २०८२, बिहिबार | January 9, 2026

ठमेलको नाइटक्लबमा सञ्चालकमाथि कुटपिट गर्ने सानोभाइसहित पाँच जना पक्राउ


0
Shares

काठमाडौँ, ३० असार । ठमेलको नाइट क्लब ओम्नियामा प्रवेश गरेर सञ्चालक र बाउन्सरलाई कुटपिट गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

शुक्रबार युवराज गुरूङ भनिने सानोभाइसहित पाँचजनालाई पक्राउ गरेको उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी श्याम ज्ञवालीले बताए।

असार १५ गते नुवाकोटका गुण्डा सानु भाइ भन्ने युवराज गुरुङको समूहले ठमेलको नाइट क्लब ओम्नियामा प्रवेश गरेर सञ्चालक राजेन्द्र गुरुङ र बाउन्सरलाई कुटपिट गरेको थियो।
६ जनाको समूहमा पुगेका गुरुङको समूहले सञ्चालकलाई लखेटि लखेटि कुटेको भिडिओ सार्वजनिक भएको थियो।

युवराज गुरुङको समूहका विनोद लामा, रघु लामा, कमल लामा, निरु भन्ने निरज गुरुङ र विश्व लामाले क्लबका सञ्चालक र बाउन्सरमाथी कुटपिट गरेका हुन्।

कुटपिटमा संलग्नमध्ये विनोद लामा र रघु लामा असार २५ गते पक्राउ परेका थिए। समाचारपत्र

 

प्रतिक्रिया