५ आश्विन २०८१, शनिबार | September 21, 2024

सीता दाहालको निधनप्रति भारतका प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त


0
Shares

काठमाडौं, २७ असार । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् । मोदीले बुधबार ट्विट गर्दै दाहालको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

सीता दाहालको बुधबार बिहान ८ः३३ बजे उपचारका क्रममा काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको थियो। आज बिहान एक्कासी शरीरमा अक्सिजनको मात्रा घटेपछि ८ बजे बिहान नर्भिक पुर्याइएको थियो ।

दाहालको पार्थिव शरीर बिहान ११ बजेदेखि पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि पशुपति आर्यघाटमा दिउँसो २ बजे अन्त्येष्टि गरिने स्रोतले जनाएको जनाएको छ ।

प्रतिक्रिया