४ पुस २०८१, बिहिबार | December 19, 2024

प्रचण्डले काँग्रेस र एमालेसँग पालैपालो मोलमोलाई गरेर सत्तादोहन गर्न खोजेको आरोप


0
Shares

काठमाडौं, २४ असार । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले समाजवादी मोर्चाको गठनलाई सत्तादोहनको अस्त्र मात्र भएको टिप्पणी गरेका छन् । उनले काँग्रेस र एमालेसँग पालैपालो मोलमोलाई गरेर सत्तादोहन गर्न प्रचण्डको पहलमा समाजवादी मोर्चा गठन भएको बताएका हुन् ।

आइतवार सामाजिक सञ्जालमा ट्वीट गर्दै भट्टराईले प्रचण्डसँग दूरी बढाएको संकेत समेत गरेका छन् । उनले समाजवादी मोर्चाको एकतर्फी घोषणा भएको र सिर्फ अंकगणितका आधारमा सत्तादोहनको ध्येय राखएको टिप्पणी गरेका छन् ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग विगतमा भएको सहकार्यलाई गल्ती भनेका छन् । उनले क्षेत्रीयतावादी शक्तिहरुसँग सहकार्य गर्दा छवि जनसमक्ष धमिलिन पुगेको समेत उल्लेख गरेका छन् ।

प्रतिक्रिया