रौतहटमा आमा–छोरीको हत्या, श्रीमान र ससुरा फरार

काठमाडौं, १६ असार । रौतहटमा आमा छोरीको हत्या भएको छ । कवितादेवी र उनकी २ वर्षीया छोरीको हत्या भएको हो ।
प्रहरीको अनुसार मौलापुर–४ पतौरामा कविताको शव घरभित्रै फेला परेको हो भने छोरीको शव पंखामा झण्डिएको अवस्थामा फेला परेको हो ।
मृतक कविताका श्रीमान र ससुरा फरार छन भने प्रहरीले सासु जेठानीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । माइतीपक्षले भने ज्वाईले कवितालाई दाइजो माग्दै कुटपिट गर्दै आएको बताएका छन् ।