४ असार २०८३, बिहिबार | June 18, 2026

रास्वपा उपसभापतिमा घम्साघम्सी, एक दर्जन नेताको दाबी


0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आसन्न महाधिवेशनमा उपसभापति पदका लागि कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ। तीन पदका लागि करिब एक दर्जन नेताहरू आकांक्षी बनेपछि चुनावी माहोल तातिएको छ।

हालका उपसभापति डा। स्वर्णिम वाग्ले पुनः दोहोरिने तयारीमा छन्। उनीसँगै परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल, कानुनमन्त्री सोविता गौतम र सामान्य प्रशासनमन्त्री प्रतिभा रावल पनि दौडमा देखिएका छन्।

प्रधानमन्त्री बालेन शाहका विश्वासपात्र मानिने सुनिल लम्साल तथा रवि–बालेन समीकरणका महत्वपूर्ण पात्र असिम शाहलाई पनि बलिया दाबेदारका रूपमा हेरिएको छ। शिशिर र विराजभक्त दुवै पार्टीका स्थापित अनुहार भएकाले प्रतिस्पर्धा झन् रोचक बन्ने देखिएको छ।

महिला कोटातर्फ सोविता गौतम, प्रतिभा रावल, समीक्षा बास्कोटा, लिमा अधिकारी र डा। तोसिमा कार्कीबीच प्रतिस्पर्धा हुने सम्भावना छ। विशेषगरी सोविता र प्रतिभालाई बलिया उम्मेदवारका रूपमा हेरिएको छ।

विधान संशोधनपछि तीन उपसभापति रहने व्यवस्था गरिएको र एक पद महिलाका लागि अनिवार्य बनाइएकाले नेतृत्वको दोस्रो वरीयताको यो पदमा नेताहरूको आकर्षण बढेको छ। आकांक्षीहरूको संख्या हेर्दा उपसभापति चयन सर्वसम्मत हुने सम्भावना न्यून देखिएको छ।

प्रतिक्रिया