४ असार २०८३, बिहिबार | June 18, 2026

काठमाडौं–१४ को फोटोग्राफी, भिडियोग्राफी र एआई तालिम सम्पन्न


996
Shares

काठमाडौं, ४ असार — युवाहरूलाई प्रविधिमैत्री सीप र रोजगारीमुखी दक्षता प्रदान गर्ने उद्देश्यसहित काठमाडौं महानगरपालिका–१४ ले १० दिने फोटोग्राफी, भिडियोग्राफी तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तालिम भव्यरुपमा सम्पन्न गरेको छ।  बिहीबार कलंकीस्थित जनपथ माध्यमिक विद्यालयको सभाहलमा आयोजित कार्यक्रमबीच तालिम समापन गरिएको हो।

आफ्ना क्षेत्रभित्रका युवाहरूलाई आधुनिक प्रविधि र डिजिटल मिडियासम्बन्धी ज्ञान तथा सीप प्रदान गर्ने लक्ष्यका साथ तालिम सञ्चालन गरिएको वडाध्यक्ष एवं प्रप्रमुख अतिथि सुमन श्रेष्ठले बताए ।

वडा सदस्य अच्युत सापकोटाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा अतिथिहरुमा जनपथ मावि की प्रधानध्यापक हिरादेवि श्रेष्ठ, प्रशिक्षक शिव पुरी, नेपाल पेन काठमाडौं मिडियाका अध्यक्ष संजिब कार्की लगायत थिए । कार्यक्रम संचालन लक्ष्मी घिमिरेले गरेकी थिइनु । कार्यक्रममा उपस्थित अतिथिहरुले डिजिटल युगमा एआईको महत्वका बारेमा धारणा राखेका थिए । तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

तालिममा २५ जना भन्दा बढी युवाहरु सहभागी थिए। सहभागीहरूलाई फोटोग्राफी, भिडियोग्राफी तथा एआईको प्रयोगसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गर्न अनुभवी प्रशिक्षक पुरीले प्रशिक्षण दिएका हुन् ।

वडाका अनुसार पछिल्लो समय डिजिटल सामग्री निर्माण, सामाजिक सञ्जाल व्यवस्थापन तथा एआई प्रविधिको बढ्दो प्रयोगलाई ध्यानमा राख्दै युवाहरूलाई प्रतिस्पर्धी र आत्मनिर्भर बनाउन तालिम आयोजना गरिएको हो।

तालिमको संयोजन नेपाल पेन काठमाडौं मिडिया ले गरेको छ। आयोजकका अनुसार तालिमले सहभागी युवाहरूलाई सिर्जनात्मक क्षमता विकाससँगै डिजिटल क्षेत्रमा रोजगारी तथा स्वरोजगारका अवसर खोज्न समेत सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

स्थानीय तहबाट प्रविधिमैत्री र सीपमूलक कार्यक्रम सञ्चालन हुनु सकारात्मक कदम भएको सहभागीहरूले बताएका छन्। १० दिनसम्म सञ्चालन भएको तालिममा सिद्धान्तसँगै व्यावहारिक अभ्यासलाई समेत प्राथमिकता दिइएको प्रशिक्षक शिव पुरीले बताए ।

 

 

प्रतिक्रिया