३ आश्विन २०८१, बिहिबार | September 19, 2024

आज हरिशयनी एकादशी, घरघरमा तुलसीको विरुवा सारिदैं


0
Shares

काठमाडौं, १४ असार । आज हिन्दुुधर्मालम्बीहरुले तुलसीको विरुवा रोपेर हरिशयनी एकादशी मनाउँदैछन् । आजको दिनमा निराहार व्रत बसेर भगवान विष्णु र तुलसीको पूजा अर्चना गरे मनले आटेको पुरा हुने इच्छा पुरा हुने जनविश्वास छ ।

निर्जला एकादशीको दिन बिउ छरेर आज तुलसीको विरुवा रोपिन्छ र हरि बोधनी एकादशीमा तुलसीको विवाह गरिन्छ । आजकै दिनदेखि भगवान विष्णु श्रीरसागरमा सुत्ने र ४ महिनापछि हरिवोधनी एकादशीमा उठ्ने विश्वास गरिन्छ । आषाढ शुक्ल पक्षको एकादशीलाई हरिशयनी एकादशी अथवा देवशयनी एकादशी भनिन्छ । यस दिनमा नेपाल र भारत लगायत विभिन्न मुलुकहरूमा बसोवास गर्ने हिन्दू धर्मावलम्बीहरूले व्रत राख्नुको साथै एक पर्वको रूपमा मनाउने गर्दछन् ।

आज बिहानदेखि नै काठमाडौँको बूढानीलकण्ठस्थित नारायणस्थान, उपत्यकाका चार नारायण मन्दिरलगायत मुलुकभर रहेका विष्णु मन्दिरमा पनि पूजाआजा तथा धार्मिक अनुष्ठानका लागि भक्तजनको भीड लागेको छ।

पुराणहरूका मत अनुसार भगवान विष्णु यस दिन देखि चार महिनासम्म (चातुर्मास) पातालमा राजा बलिको द्वारमा निवास गरेर कार्तिक शुक्ल एकादशीमा फर्कन्छन् । यही कारणले यस दिनलाई ’देवशयनी’ तथा कार्तिकशुक्ल एकादशीलाई ’प्रबोधिनी’ एकादशी भनिएको हो ।

प्रतिक्रिया