नेपालको विश्वकप सपना पूरा भएन

काठमाडौं, ९ असार । नेपालको विश्वकप क्रिकेट खेल्ने सपना पूरा भएन । आइसीसी एकदिवसीय विश्वकप छनोटको शनिवारको खेलमा नेदरल्याण्डससँग पराजित भएपछि नेपाल सुपर सिक्समा पुग्न सकेन ।
नेपालले नेदरल्याण्डससँगको खेलमा कमजोर ब्याटिङ गर्यो । बलियो प्रतिद्वन्द्वीहरु जिम्बावे र वेस्ट इन्डिजसँग बहादुरीपूर्वक खेलको नेपाल आज कमजोर सावित भयो ।
खेलमा ब्याट्सम्यानहरु सस्तैमै आउट भए । जसका कारण ४४.७ ओभरमा सबै खेलाडी गुमाएर १६७ रन मात्र बनाउन सक्यो । नेदरल्याडले २७.१ ओभरमा तीन विकेट गुमाएर लक्ष्य भेट्यो ।
यसपटक नेपाल उत्कृष्ट लयमा थियो । विश्वकपमा पुग्ने आशा राखिएको थियो ।