१२ पुस २०८१, शुक्रबार | December 27, 2024

प्राज्ञिक विद्यार्थी परिषदद्वारा नेपालको समग्र शिक्षाको चुनौती विषयक शिक्षा कार्यशाला


166
Shares

काठमाडौं, ९ असार । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल सगरमाथा प्रदेशको आयोजनामा नेपालको समग्र शिक्षाको अवस्था, चुनौती र समाधान विषयक शिक्षा कार्यशाला एक दिवशीय कार्यशाला सम्पन्न भएको छ । विराटनगरमा शनिवार भएको कार्यशालाको कोशी प्रदेशका प्रमुख पशुराम खापुङले उद्घाटन गरेका थिए ।

कार्यशालामा देशको शिक्षाको अवस्था, चुनौतीका अलावा समाधानको उपायबारे गम्भीर विमर्श भएको छ ।

कार्यक्रमको संयोजक परिषद्का राष्ट्रिय उपाध्यक्ष तथा पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्राध्यापक डा. विजु थपलिया थिए। कार्यक्रममा परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, परिषद्का कोशी प्रदेश अध्यक्ष प्रेम कार्की पनि सहभागी भए ।

कार्यशालामा काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनका डीन प्रा.डा. बालचन्द्र लुइँटेल, टिप्पणीकर्ता पूर्वाञ्चल विश्वविद्यालयका पूर्व रजिष्ट्रार प्रा.डा. भेषप्रसाद धमला, शिक्षाविद् प्रा.डा. टंक न्यौपाने थिए। परिषदका राष्ट्रिय सचिव विवश कटुवाल, प्रदेश सहसचिव मुना बिष्टलगायत विभिन्न शैक्षिक संस्थाका सञ्चालक, क्याम्पस प्रमुख, प्राचार्य, शिक्षक र परिषदका कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्राज्ञिक विद्यार्थी परिषद नेपालले विद्यार्थीको हक अधिकारसँगै राष्ट्रलाई केन्द्रमा राखेर सनातन धर्म, संस्कृतिको रक्षामा सक्रियता देखाउँदै आएको जनाइएको छ । शिक्षाका माध्यमले राष्ट्रका लागि असल चरित्रको व्यक्ति निर्माण प्राज्ञिको उद्देश्य रहेको उल्लेख छ ।

प्रतिक्रिया