१२ श्रावण २०८१, शनिबार | July 27, 2024

रिडी पावर कम्पनीको ५० प्रतिशत हकप्रद सेयर पारित


0
Shares

काठमाडौ, ८ असार । रिडी पावर कम्पनी लिमिटेडको विशेष साधारण सभाबाट ५० प्रतिशतहकप्रदसेयर पारित भएको छ । शुक्रबार नयाँबानेश्वको इन्द्रेणी कम्प्लेक्समा सम्पन्न विशेष साधारण सभाले उक्त हकप्रद सेयर पारित गरेको हो ।

कम्पनीले अब साझा पावार डेभलपमेन्ट प्राइभेट लिमिटेडले निर्माण गर्ने २० मेगावाट क्षमताको तल्लो बलेफी खोला जलविद्युत आयोजनामा को लागि १०० अंकित दरको १ कित्ता बराबर शून्य दशमलव ५० कित्ताको अनुपातमा ७७लाख ४४ हजार ५०६ कित्ताहक प्रदसेयर निष्काशन गर्नेछ ।

हाल कम्पनीको चुक्तापूँजी ५८ करोड ५५ लाख ५८ हजार रहेको छ । हकप्रदसेयर निष्काशनपछि कम्पनीको अधिकृत पूँजी, जारी पूँजी, र चुक्तापूँजी बृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्तावपनि सभाले पारित गरेको छ ।

कम्पनीलाई हकप्रदसेयरनिष्काशनकालागिविद्युतनियमनआयोगले बैशाख ३ गते अनुमतिप्रदानगरिसकेको छ । विशेष साधारणसभालाई सम्बोधन गर्दै रिडी पावरका अध्यक्ष संजिव न्यौपानेले सेयरधनीहरुको उच्च प्रतिफलका लागिआफूहरु लागि रहने बताए ।

त्यसै गरी सभामा कम्पनीका प्रबन्ध निर्देशक कुबेरमणि नेपालले २० मेगावाट क्षमताको तल्लो बलेफी खोला जलविद्युतआयोजनाको बारेमा सेयरधनीलाई प्रष्ट पारेकाथिए । कम्पनीले २० मेगावाट क्षमताको तल्लो बलेफीखोलाजलविद्युतआयोजनाको लागिप्रमोटर सेयर समेत खुलाएको छ । इच्छुक लगानीकर्ताले केन्द्रियकार्यालय ट्रेड टावार थापाथलीको पाँचौ तल्लमासिधै सम्पर्क गर्न सक्नुहुनेछ ।
हकप्रद सेयर पाएसँगै साधारणसभामा बोल्ने सेयरधनीहरुले बलेफीखोलाजलविद्युतआयोजनाको लागिशुभकामनाव्यक्त गरेकाथिए ।

यो कम्पनीको निर्माण सुरु भएको मितिबाट २ वर्ष भित्रनिर्माण सम्पन्नगर्ने लक्ष्यकम्पनीले लिएको छ । बलेफीतल्लो खोलाजलविद्युतआयोजनामा ४ सय ४० करोड लगानीमाबन्ने छ । जसमाकुमारी बैंकको अघुवाईमा७५ प्रतिशत ऋण गरेको छ ।

 

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया