३ आश्विन २०८१, बिहिबार | September 19, 2024

टाइटान पनडुब्बी विष्फोट भएको खुल्यो, सबै यात्रु मृत घोषित


0
Shares

एजेन्सी, ८ असार । प्रशान्त महासागरमा हराएको टाइटान पनडुब्बी विष्फोट भएको खुलेको छ । समुन्द्रको तीरतर्फ जाने क्रममा पनडुब्बी विष्फोट भएको खुलेको हो ।

पनडुब्बीका टुक्राहरु भेटिएका छन् । खोजी कार्यमा खटिएका अधिकारीको भनाई उदृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले पनडुब्बी टुक्रा टुक्रा भएको जानकारी गराएका छन् ।

पनडुब्बीका पाँचै जना यात्री मृत घोषित गरिएका छन् । उनीहरुको शव फेला पार्ने सम्भावना पनि नरहेको उल्लेख छ ।

ओसनगेट नामको कम्पनीले पनडुब्बी सञ्चालन गरेको हो । जसले टाइटानिक जहाजको भग्नावशेष देखाउन लाने गरेको छ । पनडुब्बी टाइटानिक जहाजको अवशेष भन्दा ५०० मिटर नजिकै टुक्रा टुक्रा भेटिएको हो ।

पनडुब्बीमा घुम्न प्रत्येक सिटलाई साँढे २ लाख डलर अर्थात् ३ करोड नेपाली रुपैयाँ बराबर तिर्नुपथ्र्यो । विश्वका अर्बपतिहरु नै पनडुब्बीमा घुम्न जाने गरेका छन् ।

हराएको पनडुब्बीमा बेलायतका अर्बपति व्यवसायी हमिश हार्डिङ, पाकिस्तानका व्यवसायी सहजादा दाउद र उनका किशोर छोरा सुलेमान दाउद, फ्रान्सेली यात्री पाउल हेनरी नर्गिओलेटका अलावा ओसनगेटका सीइओ स्टकटन रस छन् ।

ओसन गेटको टाइटान पनडुब्बी ४ हजार मिटर पानीभित्र जान सक्ने गरी बनाइएको थियो । अत्याधुनिक पनडुब्बी के कारणले विष्फोट भयो यकिन भएको छैन ।

प्रतिक्रिया