३१ भाद्र २०८१, सोमबार | September 17, 2024

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रुट दिन भारत सकारात्मक


0
Shares

काठमाडौं, ५ असार । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रुट दिन भारत सकारात्मक भएको छ । नेपालका लागि भारतका राजदूत नविन श्रीवास्तवले विमानस्थलको हवाई रुटबारे सकारात्मक छलफल भएको खुलाएका हुन् ।

नवौं अन्तर्राष्ट्रिय योग दिवसमा लुम्बिनीमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै श्रीवास्तवले सकारात्मक नतिजा आउने बताए । उनले भने, ‘हवाई रुटबारे छलफल गरिरहेका छौं, यो छलफलबाट सकारात्मक वातावरण बन्नेछ ।’

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा नेपालले भैरहवा विमानस्थलका लागि हवाई रुटको प्रस्ताव भारतलाई गरेको थियो । नेपाल प्रवेश गर्न भैरहवाका लागि सिधा रुट नेपालले मागेको छ । यसबारे भारतले निर्णय दिएको छैन ।

प्रतिक्रिया