८ कार्तिक २०८१, बिहिबार | October 24, 2024

ईङ्वा हाइड्रोपावरको आईपिओ नेप्सेमा सूचिकृत


0
Shares

काठमाडौं, ५ असार । ईङ्वा हाइड्रोपावर लिमिटेडको साधारण सेयर (आईपिओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएको छ । सोमबार ईङ्वा हाइड्रोपावर र नेप्सेबीच सेयर सूचिकरण गर्ने सम्झौता सम्पन्न भएको हो ।

कम्पनीको अनुसार ६० लाख कित्ता सेयर सचिकृत भएको हो । कम्पनीले सर्वसाधारण समक्ष नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत साधारण सेयर खुल्ला बिक्री आव्हान गरेको थियो ।

सर्वसाधारण लगानीकर्ता सेयरधनीहरुमा विवरण गरिएको (वैदेशिक रोजगारीमा रहेको नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दाहरु र कर्मचारीहरु समेत) १८ लाख किता आर्थत ३० प्रतिशत र कम्पनीका संस्थापक सेयरधनीहरु लगानी गरेको ४२ लाख कित्ता अर्थात ७० प्रतिशत सेयर (धितोपत्र) समेत गरी जम्मा ६० लाख कित्ता नेप्सेमा सूचिकृत गरिएको छ ।

धितोपत्र सूचिकरण विनियमावली २०७५ बमोजिम मिति २०८० असार ३ गतेको निर्णयानुसार यस स्टक एक्सचेञ्ज लिमिटेडमा सूचिकरण गरिएको हो ।

कम्पनीको प्रधान कार्यालय काठमाडौं जिल्ला थापाथली रहेको छ । सेयर सूचिकरण पश्चात दिनुपर्ने आरटिएस सेवा ईङ्वा हाइड्रोपावर थापाथली काठमाडौंबाट हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया