३१ भाद्र २०८१, सोमबार | September 17, 2024

भारतको विरोध गर्ने होडवाजी, को को अगाडि


0
Shares

काठमाडौं, ४ असार । देशमा भारतको विरोध गर्ने होडवाजी नै चलेको छ । भारतको विरोधलाई नै राष्ट्रवादीको मानक स्थापित गर्ने गतिविधिहरु चल्न थालेको छ ।
सदन देखि सडकसम्म भारतको विरोध गरेर राष्ट्रवादी बन्ने प्रतिष्पर्धामा जिम्मेवार नेताहरु नै लागेका छन् । सदनमा आज भारतको विरोधको प्रतिष्पर्धा नै चल्यो ।

नेकपा एमालेका सांसद रघुवीर महासेठले अखण्ड भारतको नक्साबारे कूटनीतिक नोट पठाएर विरोध गर्न माग गरे । उनले संसदमा बोल्दै यो विषय उठाएर भारतको विरोध गरेका हुन् ।

नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले त भारतका लागि नेपालका राजदूत डा. शंकर शर्माले अखण्ड भारतको नक्साको बचाऊ गरेको भन्दै फिर्ता बोलाउन माग गरे । शर्माले नेपालमा भारत नै भारत देख्ने गरेको बताएकोमा समेत विरोध गरे ।

संसदमा गत हप्ता पनि एमाले सांसद रघुजी पन्तले भारतको कडा विरोध गरेका थिए । विशेषगरी एमाले सांसदहरुले विरोध गर्दै आएका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले पनि भारतको विरोध बढाएका छन् । उनले अखण्ड भारतको नक्साको विरोधमा आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् । बालेनले भारतीय चलचित्र आदिपुरुषको संवादलाई लिएर काठमाडौं महानगरपालिकाभित्र उक्त चलचित्र प्रदर्शनमा रोक लगाइदिएका छन् ।

देशमा विभिन्न समयमा भारतविरोधी राष्ट्रवादको हावा चल्ने गर्दछ । कहिले नदीनाला सम्बन्धी त कहिले नक्शासम्बन्धी विषय उठाएर विरोध हुने गरेको छ । तर, कूटनीतिक रुपमा पहल गरेर देशलाई लाभ हुने गतिविधि सायदै भएको छ ।

प्रतिक्रिया