३ आश्विन २०८१, बिहिबार | September 19, 2024

सूर्य भगवान आज मिथुनमा प्रवेश गर्दै,तपाईको दिन कस्तो रहँला ?


0
Shares

काठमाडौं,३२ जेठ । आज १५ जुन २०२३, बिहीबार । आज सूर्य भगवान मिथुन राशिमा गोचर गर्न लागेका छन् । सूर्य गोचरले सबै राशिलाई असर गर्नेछ।

मेष राशि
आज तपाई आफ्नो स्वास्थ्यको कारण चिन्तित रहन सक्नुहुन्छ । अत्यधिक कामका कारण तपाईको स्वास्थ्य बिग्रन सक्छ। सवारी चलाउँदा सावधानी अपनाउनुहोला अन्यथा दुर्घटना हुनसक्छ । यस समयमा व्यापारमा कुनै ठूलो लेनदेन वा साझेदारी गर्नु उपयुक्त हुनेछैन। व्यापारमा घाटा हुन सक्छ । परिवारमा विवादबाट टाढा रहनुहोस्।

वृष राशि
व्यर्थको दौडधुपका कारण आजको दिन समस्याले भरिनेछ। व्यापार व्यवसायमा सहकर्मीसँग राम्रो सम्बन्ध राख्नुहोस् अन्यथा व्यापार क्षेत्रमा घाटा बेहोर्नु पर्नेछ। अब व्यवसायमा कुनै परिवर्तन नगर्नुहोस्। परिवारमा नजिकको व्यक्तिको स्वास्थ्य बिग्रन सक्छ। श्रीमती र सन्तानसँग कुनै कुरामा झगडा हुन सक्छ। बोलीमा संयम राख्नु होला । वादविवादबाट टाढा रहनुहोस् र सावधानीपूर्वक गाडी चलाउनुहोस्।

मिथुन राशि
तपाईका लागि आजको दिन मिश्रित रहनेछ । व्यापार व्यवसायमा आर्थिक स्थितिमा केही बृद्धि हुनेछ र नयाँ व्यापारको अवसर मिल्नेछ । विशेष व्यक्तिसँग भेटघाट हुनेछ र रोकिएका काम पूरा हुनेछन् । स्वास्थ्य राम्रो रहनेछ र परिवारमा शुभ कार्यक्रम हुनेछन् । पत्नीको पूर्ण सहयोग मिल्नेछ ।

कर्कट राशि
आजको दिन तपाईको लागि राम्रो रहनेछ । तपाईको स्वास्थ्य राम्रो रहनेछ, तपाईको परिवारमा केहि दिनदेखि चलिरहेको समस्याबाट राहत मिल्नेछ । पुरानो विवादको अन्त्य हुनेछ, व्यापारमा लाभ मिल्नेछ। कुनै नयाँ कामको थालनी गर्न सकिनेछ । साथै परिवारका साथ धार्मिक यात्रामा जान सकिनेछ । प्रियजनको सहयोग मिल्नेछ ।

सिंह राशि
आज तपाईको व्यस्त दिन रहनेछ । कुनै कामको सिलसिलामा विदेश जानु पर्न सक्छ। विशेष व्यक्तिसँग भेट हुनेछ । आज कसैलाई ठुलो रकम उधारो नदिनुहोस् नत्र घाटा बेहोर्नु पर्नेछ । आफ्नो प्रिय व्यक्ति तपाईबाट टाढा जान सक्छ। परिवारमा यस विषयमा विवाद हुन सक्छ ।

कन्या राशि
आज होसियार रहनु होला, विपक्षीको धोकाको सिकार हुन सक्छ । आज तपाई ठूलो विवादमा फस्न सक्नुहुन्छ। स्वास्थ्यमा उतारचढाव आउनेछ । व्यापार–व्यवसायमा विशेष व्यक्तिको माध्यमबाट ठूलो काम पाउन सकिनेछ । पैतृक सम्पत्तिको लागि परिवारमा विवाद हुनसक्छ ।

तुला राशि
आज तपाईको लागि केहि नयाँ जिम्मेवारी ल्याउनेछ। पारिवारिक समाजमा नयाँ पद प्राप्त गर्न सकिनेछ । परिवारमा धार्मिक कार्यक्रम आयोजना गर्न सकिनेछ । कुनै नयाँ कामको थालनी गर्न सकिनेछ । व्यापार–व्यवसायमा प्रियजनको पूर्ण सहयोग मिल्नेछ र आर्थिक क्षेत्रमा साथीभाइबाट सहयोग प्राप्त हुनेछ ।

वृश्चिक राशि
आजको दिन तपाईको लागि राम्रो रहनेछ। कुनै नयाँ कामको थालनी गर्न सकिनेछ । तपाईले ठूलो कुरा पाउन सक्नुहुन्छ। जागिर वर्गले पदोन्नति पाउन सक्नेछन् । परिवारमा मान–सम्मान बढ्नेछ र घरमा शुभ कार्यक्रम हुनेछन्। श्रीमती, सन्तान र साथीभाइको सहयोग मिल्नेछ । नयाँ सवारी साधन वा सम्पत्ति आदि खरिद गर्न सकिनेछ।

धनु राशि
आजको दिन उतारचढावले भरिपूर्ण रहनेछ, परिवारमा कसैको स्वास्थ्य बिग्रन सक्छ। आमाबाबुको चिन्तामा रहन सक्छ। व्यापारमा घाटा हुन सक्छ । यस समयमा कार्य क्षेत्रमा कुनै परिवर्तन नगर्नुहोस्। व्यापार क्षेत्रमा कुनै ठूलो लेनदेन गर्नुहुन्छ भने होसियार रहनुहोला । सवारी साधन आदि चलाउँदा सावधानी अपनाउनुहोला । विशेष कामको लागि लामो यात्रामा जान सकिनेछ। परिवारमा आपसी मनमुटाव वा कलहको वातावरण रहनेछ।

मकर राशि
यस दिन अलिकति सावधानीपूर्वक हिड्नुस्, सवारी साधन आदिले चोट पुर्याउन सक्छ। ठूलो विवादमा फस्न सक्छ । वाणीमा संयम राख्नुहोस् र बहसबाट टाढा रहनुहोस्। व्यवसायमा नयाँ काम सुरु गर्ने सोचमा हुनुहुन्छ भने त्यसमा ढिलाइ हुन सक्छ। प्रतिद्वन्द्वीबाट दिक्क लाग्न सक्छ । आज तपाईंले आफ्नो प्रिय व्यक्ति गुमाउनु हुनेछ। परिवारमा पत्नीको स्वास्थ्य बिग्रन सक्छ।

कुम्भ राशि
आजको दिन तपाईको लागि राम्रो रहनेछ। सोचेका काम पुरा हुनेछन् । कुनै पुरानो विवादको अन्त्य हुनेछ र परिवारमा शुभ कार्यक्रम हुनेछ। घरमा नयाँ पाहुनाको आगमन हुनसक्छ । व्यापार–व्यवसायमा नयाँ लगानी गर्न सकिनेछ । नयाँ काम हात लाग्नेछ र विशेष व्यक्तिसँग भेटघाट हुनेछ । परिवारजनबाट पूर्ण सहयोग मिल्नेछ र पत्नीबाट मनमुटाव हट्नेछ।

मीन राशि
आजको दिन तपाईको लागि धेरै राम्रो रहनेछ। कुनै पनि धार्मिक कार्यक्रममा जान सकिनेछ । आज तपाईको मन आध्यात्मिक उर्जाले भरिपूर्ण रहनेछ। सोचेको काम आज विशेष व्यक्तिको माध्यमबाट पूरा हुनेछ। परिवारमा मान सम्मान बढ्नेछ र सामाजिक क्षेत्रमा पदोन्नति मिल्नेछ। व्यापार–व्यवसायमा नयाँ कामको थालनी गर्न सकिनेछ । व्यापारिक क्षेत्रमा ठूलो साझेदारी हुनेछ। घरपरिवारमा पत्नीको सहयोग रहनेछ र साथीभाइबाट आर्थिक सहयोग प्राप्त हुनेछ ।

प्रतिक्रिया