२ माघ २०८१, बुधबार | January 16, 2025

ल्होत्सेको स्वार्थ पूर्तिकालागि महानगरले नयाँबसपार्कबाट मात्रै यातायात सञ्चालन गर्न निर्देशन दिएको आरोप


0
Shares

काठमाडौं, ३१ जेठ । काठमाडौंमहानगरपालिकाले आगामीअसार १ गतेदेखि काठमाडौं भित्रिने र बाहिरिने सबै सवारीसाधनहरु गोंगबुस्थित्नयाँबसपार्कबाट मात्रै सञ्चालनगर्न निर्देशनजारी गरेको छ ।

लामो, मध्यम र छोटो दुरीका सम्पूर्ण सवारीसाधनमायात्रु चढ्न र ओराल्ननयाँबसपार्कमै पुर्याउनुपर्ने महानगरको निर्देशन छ । महानगरले विभिन्न ठाउँमा छरिएर रहेका टिकट बुकिङ काउन्टरसमेत बसपार्कभित्र नै लैजानभनेको छ । काठमाडौं महानगरले गत जेठ १९ गते सार्वजनिक सूचनाप्रकाशनगर्दै आगामीअसार १ गतेदेखि उक्त निर्णय अनिर्वाय रुपमालागू गर्न भनेको थियो ।

यातायात क्षेत्रकाविभिन्न संगठन र व्यवसायीहरुले महानगरको उक्त निर्णय अव्यवहारिक भएको भन्दै विरोध जनाउँदै आएका छन् । आज यातायातव्यवसायी र विभिन्न संगठनहरुले पत्रकार सम्मेलन गरी महानगरको उक्त निर्णयको विरोध गरेका छन् । यातायातव्यवसायीहरुले महानगरको उक्त निर्णय अव्यवहारिक भएको भन्दै सच्याउनसमेत माग गरेका छन् ।

यातायातव्यवसायी र विभिन्न संगठनहरुले महानगरको उक्त निर्णयले यात्रुलाई असुविधाहुने, काठमाडौंमा ट्राफिक समस्या बढ्ने, यातायातव्यवसायीलाई सास्तीहुने र श्रमिकहरुको रोजीरोटी खोसिने भन्दै निर्णय पुनरावलोकनगर्न महानगरसँग माग गरेका छन् । महानगरले निर्णय नसच्याएको खण्डमा सडक आन्दोलनगर्नेसमेत उनीहरुको चेतावनीछ । महानगरले निर्णयमापुनरावलोकनगर्नुको विकल्प नरहेको यातायातव्यवसायीहरुको भनाई छ ।

‘महानगरका मेयर बालेन्द्र साहले निर्णय सच्याउँछन् या सच्याउँदैनन्, त्यो महानगरको विषयहो तर निर्णय कार्यान्यन गर्न भने त्यति सजिलो छैन । यदिआफ्नो अडानबाट महानगर तलमाथिनहुने हो भने सेलिब्रेटी मेयर बालेन्द्र शाहको लोकप्रियताओरालो लाग्ने कार्यको सुरुवातयही निर्णयले तय गरिदिने अनुमानआमब्यवसायीमजदुर र उपभोक्ताको छ,’–काठमाडौ पूर्व यातायात सन्चालनसंघर्ष समितीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

महानगरको निर्णय आम सर्वसाधारण, श्रमिक र व्यवसायीहरुको अहितमारहेको उनीहरुको ठहर छ। पूर्व अरनिको यातायातप्रा.लि. काअध्यक्ष केदार क्षेत्रीलेयातायात क्षेत्र व्यवस्थापनमाकमजोरी रहेपनिअहिले नै यो निर्णय कार्यान्वयनकालागिचुनौति रहेको बताए । महानगरले परिवर्तनको नाममा सुनियोजित रुपमायातायातव्यवसायी र यात्रुलाई मर्का पर्नेगरी निर्णय गरेको आरोप लगाए ।

‘परिवर्तनको नाममानियोजितव्यवस्थापनगरिएको छ । गम्भीरतापूर्वक अध्ययन गरेर यो निर्णय लागू गर्न आवश्यक छ । सार्वजनियातायातको नेपालकै व्यवस्थापनअत्यन्तै गएगुज्रेको छ । यसमादुईमत छैन । तर, लाठी र बुट तेस्र्याएर हुँदैन । सम्बन्धितव्यक्ति, पेशाव्यवसायकर्मी र यात्रुसमेतको हितलाई मध्यनजर गरेर कार्यक्रमबनाउनआवश्यक छ,’–उनले भने ।

त्यसैगरी नेपालयातायातमजदुर संगठनका केन्द्रीयमहासचिवजगन्नाथगौतमले राज्यको लगानीबाट चल्नुपर्ने यातायात क्षेत्रमानिजी क्षेत्रले लगानी गरेर सरकारलाई सहयोग गर्दापनियातायात व्यवसायीविरुद्ध महानगरले क्रुर निर्णय लादेको आरोप लगाए । महानगरपालिका र नेपाल सरकारलेबनाएको मापदण्डमा रहेर काउन्टर खोलेर टिकट काट्न र यातायातनिर्वाध रूपमा सञ्चालनगर्न पाउनुपर्ने उनको माग छ ।
महानगरको टोलीसँगको हिजो (मंगलबार) भएको वार्ताको जानकारी गराउँदै उनले भने– ‘हिजो (काठमाडौं महानगरसँगको वार्तामा) जोडदार माग उठेको छ । अहिले पहिलाभन्दा केहीलचकभएर व्यवहारिक पक्षपनि हेर्नुपर्छ भन्ने आएको छ । यातायात क्षेत्रमाकाम र लगानीगर्नेहरुलाई सम्मानदिलाउन र रोजगारी र लगानीको सुरक्षाकालागिमाग उठाएका छौं । समितिबनाउने र मेयरसाब सम्मगुनासो पुर्याउँछौं भन्नुभएको छ ।’

दिवातथा रात्रि सेवायातायातसंघर्ष समितिकाअध्यक्षश्रीप्रसादशिवाकोटीलेमहानगरले नर्कको त्रास देखाएर स्वर्गको टिकट बेच्ने केहीव्यापारीले स्वार्थको आधारमायातायातव्यवसायीलाई कैदीबनाएको आरोप लगाए । अहिलेको बसपार्क क्षमताहिन रहेको उनको दाबी छ । नेपालमायातायात क्षेत्रमात्रै अव्यवस्थितनभएर अन्य क्षेत्र पनिभद्रगोल रहेको उनको दाबी छ । बालेन शाहको हतारको निर्णयले यातायातव्यवसायीहरुको रोजिरोटी खोसिने अवस्थाआइपुगेको उनको दाबी छ । काठमाडौंमहानगरपालिको उक्त निर्णयमापुनर्विचार गर्न आवश्यक रहेको उनले बताए ।

गौशलासंघर्ष समितिकाअध्यक्ष रविन कार्कीले बसपार्कभित्र रहेको लोत्से भन्ने संस्थाको दादागिरीकाकारण यातायातमजदुर र व्यवसायी सुरक्षितहुनसक्ने बताए । साथै उक्तबसपार्कमा सबै बसहरु अटाउने क्षमतासमेत नभएको उनको दाबी छ ।

‘बसपार्कभित्रलोत्से भन्ने संस्थाको दादागिरी, त्यहाँभित्रहाम्राव्यवसायीमाथि लुटतन्त्र र हाम्रामजदुरहरुको जिउधनको सूरक्षानभएर हामीत्यहाँनगएकाहौं । महानगरले असार १ गतेदेखि सबै गाडी बसपार्क जानपर्छ भनेको छ । त्यहाँक्षमता छैन,’–उनले भने ।

व्यवस्थापनको आवरणमा लोत्सेले संकलनगर्ने पार्किङ शूल्क र काउण्टर भाडामहँगो रहेको यातायातव्यवसायीहरुको गुनासो रहेको छ । एउटा कम्पनीको स्वार्थसँग महानगरले यस्तो गम्भीर निर्णय गरेको उनीहरुको आरोप छ ।

महानगरको उक्त निर्णयले विभिन्नप्रालिद्वारा चक्रपथआसपासमासञ्चालनमा रहेकाचार सय टिकट काउण्टर र त्यहाँकामगर्ने करिब तीनहजार पाँच सय श्रमिकहरुको रोजीरोटीखोसिने यातायातव्यवसायीहरुको भनाई छ ।

महानगरले कानुनअनुसार दर्ता भएका यातायात कम्पनीहरुले मात्रै काउण्टर सञ्चालनगर्ने, एक कम्पनी एक काउण्टर, एक काउण्टर एक टिकट नीतिबनाउने, श्रमिकको पहिचानखुल्ने परिचयपत्र तथा पोशाक लगाएर मात्रै काउण्टरमा काम गर्ने, काउण्टरमाआफ्ना बस पुग्ने गन्तब्य स्थानको मात्रै नाम लेख्ने, यात्रुहरुले देख्ने गरी भाडा दररेटको सूची राख्ने, संख्या किटान गरेर काउण्टर नम्बर लेख्ने, बस छुट्ने समय यात्रु आइपुग्नु पर्ने समय बोर्डमा लेख्ने, यात्रुलाई सहजीकरण गर्ने, अशक्त, असहाय, अपाङ्गताभएका, जेष्ठ नागरिक, बालबालिका र महिलामैत्रीहुने, यात्रुहरुको गुनासातथा सुझावकालागि काउण्टरमा सुझावपेटिकाराख्नुपर्नेजस्तानिर्देशन समेत दिएको छ ।

यातायात व्यवसायीहरु आफ्नो कमिकमजोरी सुधारकालागितयार हुनुपर्ने उनीहरुले बताए । साथै, नयाँबसपार्कबाट मात्रै यात्रु चढाउने, ओराल्ने महानगरको निर्णय अव्यबहारिक रहेको उनीहरुको भनाई छ ।

प्रतिक्रिया