२३ भाद्र २०८१, आइतबार | September 8, 2024

सामान्य प्रशासन मन्त्रालयको १८ उपसचिवको सरुवा


0
Shares

काठमाडौं, ३० जेठ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समुहमा रहेका १८ जना उपसचिवहरुको सरुवा भएको छ ।

अतिरिक्तमा रहेका १८ जना उपसचिवहरुमध्ये ५ जनाको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको हो । बाँकी सबैको विभिन्न जिल्लास्थित् जिल्ला समन्वय समितिमा सरुवा भएको छ ।

मन्त्री मोदीले नियमित र बढुवा प्रक्रियामा आएका शाखा अधिकृत र उपसचिवलाई अनिवार्य रुपमा स्थानीय तहमा खटाउँदै आएका छन् ।

स्थानीय तहको निमित्त प्रमुख प्रशासकीय अधिकृत हटाउने अभियानलाई तीव्रता दिइरहेका मन्त्री मोदीले अतिरिक्त समुहका कर्मचारीलाई पनि प्रदेश तथा स्थानीय तहमा खटाउन थालेका उनको सचिवालयले जनाएको छ ।

 

प्रतिक्रिया