आज सुदुरपश्चिममा आमहड्ताल

काठमाडौं, २८ जेठ । आज सुदुरपश्चिम प्रदेशमा आमहड्ताल गरिएको छ । कैलालीको गेटामा विश्वविद्यालयको माग गर्दै शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिले आमहड्तालको आह्वान गरेको हो ।
संघर्ष समितिले घोषणा गरेको आमहड्तालमा यातायात व्यवसायी, राजनीतिक दल,व्यापारीहरुले पनि एक्यबद्धता जनाएका छन् ।
आमहड्ताल बिहान ८ बजेदेखि सुरु भएर साँझ ६ बजेसम्म रहने जनाइएको छ । बिहानैदेखि सुदुरपश्चिममा कलकारखाना, स्कुल,यातायात चलेका छैनन् ।