२२ भाद्र २०८१, शनिबार | September 8, 2024

खप्तडमा रामदेवसँग प्रचण्ड


0
Shares

काठमाडौं, २३ जेठ । नेपालको सुदूरपश्चिमको सुन्दर क्षेत्र खप्तड राष्ट्रिय निकुञ्ज । यसपटक योगगुरु बाबा रामदेव खप्तड आएका छन् । उनी प्रथम अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनमा सहभागी हुन आज गड्डाचौधी नाकाबाट सुदूरपश्चिम प्रदेशमा प्रवेश गरे । त्यहाँबाट हेलिकोप्टरबाट खप्तड पुगे ।

खप्तडमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुगेर सम्मेलनको उदघाटन गरे । उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउदका अलावा पतञ्जली योगपीठका आचार्य बालकृष्ण पनि थिए ।

खप्तडमा रामदेवको प्रवेशलाई त्यहाँको अमूल्य जडिबुटीसँग जोडेर हेरिएको छ । उक्त क्षेत्र अमूल्य जडिबुटीको स्रोत हो जुन रामदेवका लागि महत्वपूर्ण छ ।

प्रतिक्रिया