संसद्का दुवै सदनको बैठक आज

काठमाडौं, २३ जेठ । संघीय संसदअन्तर्गतका आज सदनको बैठक बस्दैछ । प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको बैठक आज एकै पटक बस्न लागेको हो । बैठक बिहान ११ बजेबाट सुरु हुनेछ ।
बैठकमा सरकारले केही दिन अघि प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल हुनेछ । सोमबारदेखि सुरु भएको बजेटमाथिको छलफल आज पनि हुने पनि भएको हो ।
सरकारले प्रस्तुत गरेको बजेटमाथि प्रतिनिधिसभा सदस्यहरूले आ–आफ्नो धारणा राख्नेछन् ।