१२ श्रावण २०८१, शनिबार | July 27, 2024

पाथिभरा माताले सबैको रक्षा गरुन, हेर्नुहोस आजको राशिफल


0
Shares

काठमाडौं, २० जेठ । राशिफलका अनुसार आज अर्थात् ०३ जुन २०२३, शनिबार सबै राशिका लागि मिश्रित दिन रहनेछ। यस दिन केही राशिका व्यक्तिहरूलाई स्वास्थ्य तथा आर्थिक क्षेत्रमा समस्या आउन सक्छ। साथै, केही राशिका व्यक्तिहरूले यस क्षेत्रमा सफलता प्राप्त गर्न सक्छन्।

आज जेठ शुक्ल पक्षको चतुर्दशी तिथि शनिबार बिहान ११ बजेर १६ मिनेटमा समाप्त हुँदैछ र यसै बेलाबाट जेठ शुक्ल पक्षको पूर्णिमा सुरु हुनेछ । आज वट सावित्री पूर्णिमा व्रत मनाइँदैछ ।

मेष राशि
आज तपाईको दिन उतार चढावले भरिपूर्ण रहनेछ। कुनै नयाँ कामको थालनी नगर्नुहोस्। व्यापारमा घाटा हुन सक्छ । मन अशान्त रहनेछ, नजिकको व्यक्ति गुमाउन सक्छ। फेरि पुरानो विवादको सामना गर्नु पर्नेछ।

वृष राशि

आज कुनै नयाँ कामको थालनी गर्दा सावधान रहनु होला । चोटपटक लाग्न सक्छ, वाहन आदि सावधानीपूर्वक चलाउनुहोस्। तपाईंसँग मतभेद बढ्न सक्छ। घरपरिवारमा वातावरण राम्रो रहनेछैन । विरोधी वर्गबाट सावधान रहनुहोस्। केही काममा गडबड हुन सक्छ।

मिथुन राशि

आज प्रतिद्वन्द्वीहरुको सामना गर्नु पर्नेछ । जनताको सहयोग प्राप्त हुनेछ । विशेष व्यक्तिसँग भेटघाट हुनसक्छ । तपाईको कुनै काम रोकिएको छ भने पुरा हुनेछ । कुनै नयाँ कामको थालनी गर्न सकिनेछ ।

कर्कट राशि

आज सावधान रहनुहोस्। प्रियजनसँग वादविवाद हुनसक्छ । बोलीमा संयम राख्नुहोस । कुनै नयाँ कामको थालनी गर्न सकिनेछ । आफ्नो सवारी साधन आदि सावधानीपूर्वक चलाउनुहोस्। चिनजानबाट ठूलो सहयोग मिल्न सक्छ । कुनै काममा लगानी गर्न सकिनेछ ।

सिंह राशि

आज नयाँ कामको थालनी गर्नुहोस्, फाइदा हुनेछ। कुनै नयाँ कार्यमा प्रियजनको सहयोग प्राप्त हुनेछ। व्यापार–व्यवसायमा घाटा हुनेछ । पत्नीसँग मनमुटाव हुनेछ। परिवारमा कुनै पनि परिचित व्यक्तिसँग विवाद नगर्नुहोस् र तपाईले अदालतमा मुद्दामा ठूलो राहत पाउनुहुनेछ।

कन्या राशि

आज तपाईको दिन शुभ रहनेछ। कुनै नयाँ कामको थालनी गर्न सकिनेछ । आर्थिक अवस्था राम्रो रहनेछ । व्यापार–व्यवसायमा लाभ हुनेछ । परिवारसँग नयाँ ठाउँमा घुम्न जान सकिनेछ। परिवारमा शुभ कार्य हुनेछ ।

तुला राशि

आज तपाईको मन प्रसन्न रहनेछ। परिवारमा शुभ कार्य हुनेछ । परिवारको सहयोग मिल्नेछ । पत्नीको स्वास्थ्य बिग्रन सक्छ। नयाँ सवारी साधन खरिद गर्न सकिनेछ । व्यापारमा रोकिएका पुराना काम आज पूरा हुनेछन् ।

वृश्चिक राशि

तपाईको आजको दिन उतारचढावपूर्ण रहनेछ। बहसबाट टाढै रहनु होला । आज कुनै नयाँ कामको थालनी नगर्नुहोस्। व्यापार व्यवसायमा घाटा बेहोर्नु पर्नेछ । मन अशान्त रहनेछ। आज तपाईको स्वास्थ्य बिग्रन सक्छ।

धनु राशि

आज कुनै पनि बहसमा नपर्नुहोला । वाणीमा संयम राख्नुहोस्, प्रियजनको स्वास्थ्य बिग्रन सक्छ। सवारी साधन आदि सावधानीपूर्वक चलाउनुहोस्। आज तपाईको केहि काम विशेष बन्न सक्छ। कुनै नयाँ कामको थालनी गर्न सकिनेछ ।

मकर राशि

तपाईको केहि विशेष काम आज बिग्रन सक्छ। मन प्रसन्न रहनेछ। आफ्नै जनताको सहयोग मिल्नेछ । पत्नीसँगको मनमुटाव हटेर लाभ मिल्नेछ । आज व्यापारमा केही ठूलो काम हातमा आउनेछ । जीवन साथीको पूर्ण सहयोग मिल्नेछ ।

कुम्भ राशि

आज तपाईको नजिकको व्यक्तिसँग विवाद हुन सक्छ। मन अशान्त रहनेछ। विशेष कामका लागि कसैसँग भेटघाट हुनसक्छ । व्यवसायमा घाटा बेहोर्नु पर्न सक्छ । आज कुनै नयाँ कामको थालनी नगर्नुहोस्।

मीन राशि

आज तपाईं व्यर्थको विवादमा फस्न सक्नुहुन्छ। वाणीमा संयम राख्नुहोस, कुनै पनि नयाँ कामको थालनी नगर्नुहोस्, सवारी साधन सावधानीपूर्वक चलाउनुहोस्। व्यर्थका काममा धन खर्च हुनेछ । मन अशान्त रहनेछ। विशेष कामका लागि व्यक्तिसँग भेटघाट हुनसक्छ । आज कुनै पनि ठूलो लेनदेन नगर्नुहोस्।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया