३१ भाद्र २०८१, सोमबार | September 17, 2024

रेशम चौधरी रिहा


0
Shares

काठमाडौं, १५ जेठ । टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका रेशम चौधरी आज रिहा भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा रेशमसहित १९ जनाको कैद सजाय माफी गरेसँगै चौधरी रिहा भएका हुन् ।

टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर तीनै तहको अदालतबाट जेल सजाय पाएका चौधरी गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएसँगै छुटेका हुन् । राष्ट्रपतिबाट गणतन्त्र दिवसको अवसरमा आम माफी पाएका उनको स्वागतका लागि श्रीमती एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरी, नेतृ एलिजा गौतमसहित पार्टीका नेता कार्यकर्ता र शुभेच्छुकहरु डिल्लीबजार कारागार पुगेका थिए । उनीहरुले रेशमलाई फूलमालाले भव्य स्वागत गरेका छन् ।

रिहा भएलगत्तै चौधरीले टीकापुर घटनाको विस्तृत छानबिन हुनुपर्ने बताए । नागरिक उन्मुक्ति पार्टीका अनुसार आज रिहा भएका चौधरी सिधै घर जानेछन् ।

प्रतिक्रिया