२३ भाद्र २०८१, आइतबार | September 8, 2024

कामिरिता शेर्पा २८औं पटक सगरमाथाको चुचुरोमा विश्व किर्तिमान


0
Shares

काठमाडौं, ९ जेठ । कामिरिता शेर्पाले विश्वको अग्लो शिखर सगरमाथाको सफल आरोहरण गरेर विश्व किर्तिमान बनाएका छन् । उनी मंगलवार विहान ९ बजे सगरमाथाको शिखर पुगेका छन् । यो सिजनमै दोस्रोपटक कामिरिता चुचुरोमा पुगे ।

कामिरिताले पटक पटक विश्व किर्तिमान बनाइसकेका छन् । उनलाई पासाङ दावा शेर्पाले पछ्याइरहेका छन् । पासाङले गत हप्ता कामिरिताको किर्तिमानको बराबरी गरेका थिए ।

गत बुधवार कामिरिताले फेरि किर्तिमान तोडेपछि पासाङले सोमवार बराबरी गरे । मंगलवार भने कामिरिता फेरि चुचुरोमा पुगे ।

यो सिजनमै कामिरिता दोस्रोपटक एभरेष्ट पगेर चुचुरोमा पुग्ने किर्तिमानलाई रोचक बनाएका छन् ।

२०८० को वसन्त ऋतुमा अहिलेसम्मकै सर्वाधिक ४७८ आरोहीले एभरेष्ट चढ्ने अनुमति पाएका छन् ।

प्रतिक्रिया