३१ भाद्र २०८१, सोमबार | September 17, 2024

नक्कली शरणार्थी प्रकरणमा थप पक्राउ पर्नसक्ने


0
Shares

काठमाडौं, ७ जेठ । नक्कली शरणार्थी प्रकरणमा अझै थप व्यक्ति पक्राउ पर्न सक्ने भएका छन् । प्रहरीले अनुसन्धान नसकेकाले थप व्यक्ति पक्राउ पर्ने सम्भावना रहेको छ ।

आज आइतवार मुद्दा दर्ता गर्ने सम्भावना रहेपनि पक्राउ परेकालाई हिरासतमा राख्न म्याद थपिएको छ । पक्राउ परेका १६ जनाको तीन दिन म्याद थप भएको छ । घटनामा १६ जना अझै फरार छन् । प्रहरीले यो घटनाको प्रतिवेदन अझै टुंगो लगाइसकेको छैन ।

नक्कली शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्व सांसद डा. इन्दजीत राई, बहालवाला सचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजालसहित हाइप्रोफाइल समेत पक्राउ परेका छन् ।

प्रतिक्रिया