२३ भाद्र २०८१, आइतबार | September 8, 2024

नेपालका कम्युनिस्ट नेताहरुको चीन दौडाहा बढ्यो


0
Shares

काठमाडौं, १ जेठ । नेपालका कम्युनिस्ट पार्टीका नेताहरुको चीनसँग विशेष सम्बन्ध छ । त्यसैले उनीहरुको ओहोरदोहोर चलिरहन्छ चीनतर्फ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरुलाई चीनले भ्रमण गराइरहेको छ ।

नेकपा माओवादी केन्द्रका नेताहरु ५ जेठबाट चीन भ्रमणमा जाने भएका छन् । २० जनाको टोलीसहित माओवादी नेता तथा पूर्वसभामुख अग्नि सापकोटा चीन जान लागेका हुन् ।

एमालेका नेताहरु चीन भ्रमणबाट फर्किए पछि माओवादी नेताहरु जान लागेका हुन् ।

वैशाखमा एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालसहितको टोली चीन गएर फर्किएको हो । विश्वका विभिन्न देशको कम्युनिस्ट पार्टीहरुको वर्कशपमा भाग लिएर उनी फर्किएका हुन् ।

२०७९ सालमा पनि एमाले र माओवादी केन्द्रका प्रभावशाली नेताहरुको संयुक्त टोली चीन पुगेको थियो । एमाले उपाध्यक्ष विष्णु पौडेल र माओवादी महासचिव देव गुरुङको टोली चीन पुगेर फर्किएको थियो ।

चिनियाँ कम्युनिस्ट पार्टीसँग नेपालका मुख्य कम्युनिस्ट पार्टीहरुको गहिरो सम्बन्ध छ । २०७६ सालमा चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीले संयुक्त प्रशिक्षण समेत आयोजना गरेका थिए ।

प्रतिक्रिया