कांग्रेसको पदाधिकारी बैठक बस्दै, खाँणबारे निर्णय लिने

काठमाडौं, २८ वैशाख । नेपाली कांग्रेसले आज पनि पदाधिकारी बैठक बोलाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेता तथा पूर्वगृहमन्त्री खाँण बालकृष्ण खाँण पक्राउ परेसँगै सभापति शेरबहादुर देउवाले बुधबार आकस्मिक पदाधिकारी बैठक बोलाएका थिए ।
तर हिजाको बैठकले ठोस निर्णय नलिएपछि आज पनि बैठक बोलाइएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा नेता तथा पूर्वगृहमन्त्री खाँण आफ्नै निवासबाट पक्राउ परेका हुन् । बैठकमा शरणार्थी प्रकरण र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।
खाँणलाई पार्टीले निलम्बन गर्न सक्ने अनुमान गरिएको छ । बुधबार बसेको बैठकले प्रहरी अनुुसन्धान जारी रहेको र सो अनुसन्धान परिपक्क नभएको जनाउँदै कुनै पनि निर्णय नलिएको हो ।