२३ भाद्र २०८१, आइतबार | September 8, 2024

पूर्वगृहमन्त्री खाँड बयानका लागि प्रहरी नियन्त्रणमा


0
Shares

काठमाडौं, २७ वैशाख । पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा बयानका लागि नियन्त्रणमा लिएको छ । उनलाई प्रहरीले आज बुधवार विहानै मैजुवहालस्थित निवासबाट बयानका लागि नियन्त्रणमा लिएको हो ।

खाँडलाई बयानका लागि काठमाडौं परिसरमा लगिएको पुष्टि भएका छ । उनलाई बयानका लागि डाकिएको हो या पक्राउ नै गरिएको हो स्पष्ट भएको छैन ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँड र उनकी पत्नी मञ्जु खाँड मुछिएका छन् । उनी गृहमन्त्री हुँदा नक्कली भुटानी शरणार्थीको सूची तयार भएको आरोप छ ।

प्रतिक्रिया