दाइ र दिदीले ८४ वर्षका बुवाआमाको सम्पत्ति खाइदिएको भन्दै भाइ र बहिनी मिडियामा

काठमाडौं, २२ बैशाख । बुवा र आमाको सम्पति सबै आफ्नै दाई र दिदीले खाइदिएको भन्दै अर्का दिदि र भाइले शुक्रबार रिपोर्टर्स क्लब नेपालमापत्रकार सम्मेलनको आयोजना गरेका छन् ।
सो पत्रकार सम्मेलनमा बुवा र आमाले कमाएको सम्पति हाल जापानमा रहेकी दिदी निहारीका लक्ष्मी शाही र नेपालमै रहेका दाई उत्तमकुमार शाहले खाएको भन्दै उनीहरुको बिहिनी र भाइ अर्चना शाह र जीवन शाहले पत्रकार सम्मेलन गरेर बुवाआमाको लागि न्याय मागेका छन् ।
८४ वर्षीया बुवा शेरबहादुर शाह अल्जाइमर प्यारालाईस रोगबाट पीडित रहेको र ७९ वर्षको आमा पनि अल्जाइमरकै पीडित भएको बताउँदै बिरामी पीडित बुवाको उपचार खर्च समेत उनीहरुले नदिएको अर्चना र जीवन शाहको आरोप छ ।
बुवा आमाको सब ैसम्पति र घरजग्गा जेठो दाई उत्तमसँग मिलेर केही वर्ष अगाडि निहारीकाले आफ्नो नाममा गरेको बताउँदै आफूहरुले पनि सम्पति पाउनुपर्ने ठाउँमा उल्टै बुवाको उपचार खर्चपनि उनीहरुले नव्यहोरेको अर्चनाले आरोप लगाइन्।
दिदी र दाजुले आफूहरुलाई आमाको भूमिकानिर्वाह गर्नुपर्ने ठाउँमा अनेकायातनादिएको उनको आरोप छ । दिदीनिहारीकाजापानमा लुकेर बसेको पनिउनको आरोप छ।
उनले उत्तमकुमार शाहलाई मेरो दाई भनेर सम्बोधनगर्नपनिलाजलाग्नेबताइन्। निहारीकालक्ष्मीशाहीले भाइमार्फत आफूहरुलाई अनेक यातना र मानसिक पीडा दिइरहेको बताइन्।
‘जेठो दाई उत्तमकुमार शाहभन्ने मान्छे चाँही ३०/३५ वर्ष पहिलाबम्बईमा १०/१२जनाको ग्रुपले पेट्रोलपम्प लुटेर आएको केटा हो। क्रिमिनल मान्छे हो। त्यस्तो अहिले १० /१२ चोटी रिह्याब सेन्टरमा बसेर २४सैं घण्टा नसामा डुबेको मान्छे,त्यस्तो मान्छे र अहिले मेरो जेठो दिदीले झन उल्टो मेरो आमाबुवा यस्तो दयनीयअवस्थामापुग्दापनिहामीले अनेक अनुरोध गर्यौ। आफन्तहरुलाई भन्नलगाएर हुन्छ की कसरी हुन्छ। त्यो जग्गाफिर्ता दिनुपर्ने ठाउँमा त्यो मेरो जेठो दाई भन्ने उत्तमकुमार शाहजो १२/१५ चोटी रिह्याब सेन्टर काठमाडौंदेखि टिकापुरदेखि डडेल्धुरासम्म। हामी सबै रेकर्डहरुपनिदिन सक्छौं। रिह्याब सेन्टरको नामपनिलिन सक्छौं। २४सै घन्टा नसामा डुब्ने मान्छे हो,’ उनले भनिन्।
‘उल्टै जेठो दिदीले आफ्नो बसमालिएर। नसामा डुबेर मान्छेलाई ५/१० हजार फालिदियो। ल भाई तँलाई म बजारको घर दिन्छु, तँलाई यो दिन्छु। भनेर आश्वासन देखाएर फकायो,’उनले भनिन्।
आफूहरुले कसैको पाँच पैसा नखाएको बताउँदै उनले भनिन्,‘सबैको सम्पति हडपेर जापानमा लुकेर बस्ने, उल्टै बदनामगर्दै हिँड्ने। अहिले हामीलाई चाहीँ यो जग्गाफिर्ता माग्दापनिकति मान्छेहरुलाई हामीले भन्यौं। मान्छेहरुले मिडियामा जानुभन्दाहामीले भन्यौं, यो घरभित्रको मिलाएर हुन्थ्यो भनेर हामीकतै गएनौं ।’
उनीहरुले कहिल्यैपनिआफूहरुको कुरा नसुनेको उनको दुःखेसो छ । बुवाको उपचार गर्नपनिनसकिरहेको बताउँदै उनले दिदीनिहारीकाले मिडियामा आउनबाध्यबनाउँदै घरकै इज्जतबिगारेको बताईन्। घर सब्बै एकै छोरीको नाममाराखेर कहाँबाट उपचार गर्ने र १४ वर्षदेखि एउटै छोराले उपचार गराइराखेको उनको भनाई छ । निहारिकाले बाहिरको मान्छेलाई लुटेको रआफ्नै घरपरिवार र बुवालाईपनि लुटेको उनको आरोप छ । उनले सबै मिलेर आफ्नो आमाबुवालाई न्यायदिलाइदिनआग्रहगरिन्।
यस्तै, जीवनशाहले आजभन्दा ११ वर्ष पहिला जेठो दाईको डिभोर्सहुँदाखेरि जेठी दिदीमिलेर बुवाआमालाई फकाएर सबै सम्पति जेठी दिदीनिहारीको नाममा राख्नलगाएको बताए ।
बुवाले दिदीलाई सम्पतिफिर्ता गर्न आग्रहगर्दा विभिन्नबाहनाबनाएर टालटुल गरेको उनको भनाई छ ।
४/५ वर्षयताबुवाआमा बिरामीभएको र उनीहरुले कमाएको पैसा यो समयमाआएर आफ्नो
स्वास्थ्योपचारमाखर्च गर्न पाउनुपर्ने उनले बताए। सोबारे दिदीसँग सम्पतिफिर्ताको लागि कुरा गर्दा विभिन्नबहानाबनाएर टार्ने गरेको बताए।