१२ श्रावण २०८१, शनिबार | July 27, 2024

कहाँ जाँदैछन् टीकाराम यात्री ?


0
Shares

काठमाडौं, २१ वैशाख । एपीवानका प्रधान सम्पादक र कार्यक्रम ‘तमसोमा ज्योतिर्गमय’ का प्रस्तोता टीकाराम यात्रीले मंगलबार टेलिभिजन छाडेका छन् ।

लोकप्रिय टेलिभिजनका चर्चित प्रस्तोता र प्रधान सम्पादक भएर ७ काम गरेका यात्री आफैले एपीवान छाडेको जानकारी सामाजिक सञ्जालमार्फत दिएका हुन । उनको कार्यक्रम ‘तमसोमा ज्योतिर्गमय’ लाई दर्शकहरुले सर्वाधिक रुचाए ।

कार्यक्रम सफल भइरहँदा एकाएक यात्रीले एपीवानबाट बाहिरिएको आम दर्शकलाई जानकारी दिए । अब उनी कुन मिडियामा जादैंछन् त्यो भने आम दर्शक चासोको विषय बनेको छ ।

यात्रीले सामाजिक सञ्जालमा लेखेका छन् ‘आदरणीय दर्शक, आफन्त र मित्रगण ! यहाँहरूको निसर्त सद्भावका कारण एपीवान टेलिभिजनको अंकुरण, पल्लवन र पुष्पनसम्म मेरो यात्रा सबै दृष्टिले अनुपम रह्यो। परन्तु यो यात्राबाट अहिले विश्राम लिएको छु। प्रधान सम्पादक र कार्यक्रम प्रस्तोताका रूपमा मेरा लागि बितेको सात वर्ष स्वर्ण वर्षका रूपमा रहे। यो यात्रामा अनवरत साथ, समर्थन, सद्भाव र सहकार्यका लागि प्रिय दर्शक, शुभचिन्तक, सहकर्मी र व्यस्थापकप्रति विशेष अनुग्रहसहितको अहोभाव। हाम्रो भेट भैरहने नै छ। भवतुः सब्ब मंगलम्,’

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया