४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ


0
Shares

काठमाडौं, २१ वैशाख । पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले पक्राउ गरेको छ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं ठगेको प्रकरणमा काठमाडौं जिल्ला अदालतले उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

सोही अनुसार उनलाई आज भैरहवाबाट प्रहरीले नियन्त्रणमा लिएको हो । आजै रायमाझीलाई भैरहवाबाट काठमाडौं ल्याउने तयारी भइरहेको छ । रायमाझीका छोरा सन्दीप रायमाझी पनि पक्राउ परीसकेका छन् ।

यसअघि पक्राउ परेका व्यक्तिहरूले बयान दिनेक्रममा टोपबहादुर र सन्दीपको नाम लिएका थिए । सन्दीपलाई पनि काठमाडौं ल्याइँदैछ । पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापाविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत काठमाडौंले थापाविरूद्ध बुधबार पक्राउ पुर्जी जारी गरेको हो।

यहि प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको थियो । यसअघि सुरक्षाविज्ञ डा. इन्द्रजीत राई, पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाको स्वकीय सचिव रहिसकेका केशव दुलाल पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया