३ आश्विन २०८१, बिहिबार | September 19, 2024

वर्षा बाधक भए सुपर ओभरबाट आउँला त नतिजा ?


0
Shares

काठमाडौं, १९ वैशाख । त्रिवि मैदान किर्तिपुरमा जारी एसीसी प्रिमियर कपको फाइनल खेल आज हुँदैछ । नेपाल र युुएईबीचको खेल वर्षाका कारण सोमबार रोकिएका थियो ।  टस जितेको नेपालले फिल्डिङ रोजेपछि

ब्याटिङ गरिरहेको युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन जोड्दा खेल वर्षाका कारण रोकिएको थियो । सोमबार खेल स्थिगित भएपछि आज २७.३ ओभरबाटै खेल सुचारु हुने छ । तर आज पनि वर्षा बाधक भए सुपर ओभरबाट नतिजा निकालिने छ । तर, सुपर ओभर समेत हुन नसक्ने अवस्था भएमा नेपाल विजयी घोषित हुँदै एसिया कपमा छनोट हुने पक्का छ ।

सोमबार किर्तिपुरस्थित क्रिकेट मैदानमा जारी फाइनल खेल पटक पटक वर्षा भएपछि रोकिएको थियो । युएईका लागि आसिफ खानले सबैभन्दा बढी ४६ रन जोडे । नेपालका लागि सातौं विकेट सन्दीप लामिछानेले दिलाएका थिए । उनले युएईका आयन खानलाई ५ रनमा कुशल मल्लबाट क्याच गराए भने युएईले २५.४ ओभरमा ७ विकेट गुमाउँदा १०३ रन जोडेको हो ।

रोहान मुस्ताफालाई २ रनमा सन्दीपले आउट गरे । सोमपाल कामी, ललितनारायण राजवंशी र गुल्सन झा ले एक एक विकेट लिंदा सन्दीप र करण केसीले २/२ विकेट लिइसकेका छन् ।

प्रतिक्रिया